FAQs Complain Problems

नीतिगत निर्णयहरू

नगर विकासका प्रमुख नीतिहरू
आगामी आर्थिक वर्ष २०७४/७५ मा यस नगरपालिकाबाट देहायका क्षेत्रगत नीति तथा कार्यक्रमलाई प्राथमिकतामा राखी वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयन गरिनेछ ।
(क) सडक, बाटो, कल्भर्ट, भौतिक पूर्वाधार तथा शहरी सुविधाको व्यवस्थापन
 आगामी आर्थिक वर्ष भित्र नगरपालिकाको नगर यातायात गुरुयोजना निर्माण गरिने छ ।
 नेपाल सरकारबाट प्राप्त हुने अनुदानबाट ग्रामिण तथा कृषि सडकहरूको निर्माण र स्तरोन्नतिमा प्राथमिकताका साथ लगानी गरिने छ । चक्रपथ निर्माणको संभाव्यता अध्ययन गरीनिर्माणको लागि लगानी आकर्षित गरिने छ ।

 नगर क्षेत्र भित्र निर्माण भई सञ्चालनमा रहेका कच्ची सडकहरूलाई क्रमशः ग्राभेल र कालोपत्रे गरी स्तरोन्नति गरिने छ ।नगर क्षेत्रका ग्राभेल, कच्ची माटे सडकहरुको आवश्यकताका आधारमा स्तरोन्नती गर्न (ग्राभेल) नगरपालिका आफैले निर्माण मेसिनरी सामाग्रीहरुको प्राप्ति र व्यवस्थापन गर्ने नीति लिईने छ ।

 नगर क्षेत्रमा हालसम्म निर्माण भएका पुल तथा कल्भर्ट मर्मत सम्भारको अभावका कारण जिर्ण वन्दै गैरहेको र संचालनमा कठिनाई समेत हुन थालेकोमा त्यस्ता स्थानहरुको पहिचान गरी पुल तथा कल्भर्ट मर्मत गर्न प्राथमिकता दिइनेछ ।

 नगरपालिकाको स्वामित्वमा रहने कालोपत्रे सडक, पुल पुलेसा, कलभर्ट तथा ढल (नाला) हरुको दिगोपना ब्यवस्थापनका लागि सालवसाली नियमित मर्मत संभारको लागि श्रोतको ब्यवस्था गर्न मर्मत संभार कोषको स्थापना गरी कोषमा जम्मा भएको रकमबाट कार्यक्रम तर्जुमा गरी प्रभावकारी तरिकाले परिचालन गरिने छ ।

 शहरी सुविधाको विकास सँगै नगरको आन्तरिक श्रोत बढाउन संभाव्य आयोजनाहरु पहिचान गरी निजी क्षेत्रसँग निर्माण—सञ्चालन—हस्तान्तरण (BOT) र सार्वजनिक निजी साझेदारी अवधारणालाई अघि वढाईनेछ ।बढी जनघनत्व भएको शहरी तथा व्यापारिक क्षेत्रहरुमा आवश्यक न्यूनतम शहरी सेवा सुविधाहरुको निर्माण, सञ्चालन र व्यवस्थापनमा निजी क्षेत्रको लगानी प्रोत्साहित गरिने छ ।

 पर्यटकीय सम्भावना बोकेका स्थानहरुमा आवश्यक पर्यटकीय पूर्वाधारहरुको विकासमा लगानीका लागि दाता निकायहरुको खोजी गरिने छ भने यस्ता क्षेत्रमा निजी लगानीको लागि उपयुक्त वातावरण निर्माण गरि सार्वजनिक निजी साझेदारी अबधारणालाईप्रोत्साहित गरिने छ ।
(ख) स्वच्छ र सफा खानेपानी
 नगरपालिकाको सबै क्षेत्रमा क्रमशः स्वच्छ सफा खानेपानी सुबिधा प्रदान गर्ने लक्ष्य अनुरुप साना शहरी खानेपानी आयोजनाको सुरूवात गर्न आवश्यक तयारी अघि बढाइने छ ।
 नगर क्षेत्रमा बसोवास गर्ने आर्थिक तथा सामाजिक रुपले पछाडी परेका र पछाडी पारिएका वर्गको स्पष्ट पहिचान गरी ती वर्गका परिवारलाई सफा खानेपानी सुविधाका प्रदान गर्नका लागि खानेपानी स्थानीय मुहानहरूको समुचित व्यवस्थापन गर्ने कार्यलाई प्रभावकारी वनाईनेछ ।
(ग) घर नक्सा, भवन निर्माण तथा सुरक्षित आवास
 नगरपालिकावाट नक्सा पास भई निर्माण हुने सवै प्रकारका भवनहरुमा भवन संहिताको अनिवार्य पालनामा जोड दिईने छ, यसका लागि प्राविधिक सुपरिवेक्षणको कार्यलाई प्रभावकारी बनाईने छ ।
 नगर क्षेत्रमा कार्यरत कालिगढहरु मध्ये भूकम्प प्रतिरोधात्मक भवन निर्माण सम्बन्धी तालिम लिन वाँकी रहेका कालिगढहरुलाई निरन्तर तालिम प्रदान गरी तालिम प्राप्त जनशक्तिबाट मात्र निजी तथा सार्वजनिक भवनहरु निर्माण गराउने संयन्त्र स्थापना गर्ने कार्यकोथालनी गरिने छ ।
 नगरपालिका स्थापना हुनु पूर्व निर्माण भएका र हालसम्म नक्सा पासको प्रक्रियामा आउन बाँकी भवन, घर तथा संरचनाहरुको लागि तोकिएको नक्सापास दस्तुरमा २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ ।
 भूकम्पबाट क्षतिग्रस्त भवन, घर तथा संरचनाहरुको पुनः निर्माणमा निर्धारित नक्सापास दस्तुरमा संरचनाहरुको वर्गीकरणका आधारमा उचित 50% छुट सुविधा दिईने छ ।
 सामुदायिक भवन, सार्वजनिक भवन तथा सार्वजनिक उपयोगको भौतिक पूर्वाधार अपाङ्गता मैत्री हुने गरी निर्माण गरिने नीति अबलम्बन गरिने छ ।
(घ) कृषि, सिचाई तथा पशु विकास
 नगर क्षेत्रको मौषमी तथा वेमौषमी तरकारी खेतीको संभावना रहेको स्थानहरुमा तरकारी खेतीको विकास गरी गरिवी न्यूनीकरण गर्ने लक्ष्यअनुरूप साना किसानहरुको समुहलाई नगरपालिका मार्फत साना सिचाईकार्यक्रम सञ्चालनगरिनेछ ।
 नगर क्षेत्रका साना किसानहरुलाई व्यवसायिक खेती प्रणाली तर्फ उन्मुख गर्न मुख्य कृषि क्षेत्र रहेका स्थानहरूमा तरकारी खेतीसँग सम्वन्धित व्यवासायिक तालिम सञ्चालन, समूह मार्फत अनुदान तथा बिऊपूंजीप्रवाहमा प्राथमिकता दिईनेछ ।
(ङ) वातावरण तथा सरसफाई ब्यवस्थापन
 नगरको सरसफाई व्यवस्थापन कार्य नीजि क्षेत्र र नगरपालिकाको संयूक्त साझेदारीमा संचालन गर्न संभाव्यता अध्ययन गरी उपयुक्त साझेदारको छनौट गरिने छ ।
 नगरकामुख्य सडकको किनाराहरूमा वृक्षारोपण कार्यक्रमलाई वढाईने छ ।
 खुल्ला दिशामुक्त क्षेत्र अभियानलाई निरन्तर सञ्चालन गरि नगर क्षेत्रलाई क्रमशः खुला दिशा मुक्त क्षेत्र वनाईने छ ।
(च) सडक बत्ती तथा विद्युत विकास
 विद्युत रोयल्टी बापत नगरपालिकालाई प्राप्त हुने रकमबाट नगर क्षेत्रमा विद्युत विस्तारको कार्यक्रम सञ्चालन गरिने छ ।
 नगर भित्रका सबै वजार केन्द्रहरुमा क्रमशः सौर्य प्रणालीमा आधारित सडक वत्ति विस्तार कार्यलाई प्राथमिकतामा राखी अघि बढाईने छ । वजार क्षेत्रका सडकहरुमा रहेको सडक वत्ति नियमित मर्मत सम्भार गरिने छ ।
 नगर क्षेत्रमा विद्युत विस्तार गर्दा विद्युत प्राधिकरण र स्थानीय समुदायसँग सहकार्य गरिने छ ।

(छ) शैक्षिक तथा खेलकुद विकास
 राष्ट्रिय साक्षरता अभियानलाई उपलब्धिमुलक बनाउन शिक्षा क्षेत्रमा क्रियाशिल गै.स.स. हरुसँग सहकार्य र समन्वय गर्दै अनुगमन, मुल्याङ्कन पद्धतिलाई व्यवस्थित र सुदृढ तुल्याइनेछ ।
 सामुदायिक विद्यालयहरूको संचालन र व्यवस्थापन सुधार गर्दै लगिने छ । शिक्षकहरूको दरवन्दी व्यवस्थापनलाई चुस्त बनाउन पहल गरिनेछ ।
 सामाजिक समस्याको रुपमा देखा परेको लागु पदार्थ दुर्व्यसनमा सुधार गर्न सचेतना कार्यक्रमलाई सामुदायिक विद्यालयहरु सम्म विस्तार गरिनेछ ।
 नगरमा खेलकुद विकास कोष खडा गरि खेलकुद विकासमा जोड दिइनेछ । आगामी आर्थिक वर्षबाट नगरपालिकाको खेलकुद क्यालेन्डर बनाई क्यालेन्डर अनुसार तोकिएको खेल, खेलकुद विकास समितिबाट मात्र संचालन गर्ने व्यवस्था गरिनेछ ।
 नगरपालिकामा स्थापित संघसंस्था तथा क्लवहरुबाट खेलकुद विकास समितिको संयोजनमामार्फत प्रत्येक वर्ष नगरस्तरीय विभिन्न प्रतियोगितात्मक खेलकुद कार्यक्रम सञ्चालन गर्न प्रोत्साहित गरिनेछ ।

(ज) सामुदायिक जनस्वास्थ्य सेवा
 प्राथमिक स्वास्थ्य केन्द्र र उपस्वास्थ्य केन्द्रबाट प्रवाह हुने स्वास्थ्य सेवालाई प्रभावकारी, सरल तथा सहज गर्नका लागि ब्यवस्थापनमा आवश्यक सुधार गरिने छ ।
 विभिन्न स्थानमा शहरी स्वास्थ्य क्लिनिक र मातृशिशु स्याहार केन्द्रहरूको ब्यवस्थापनमा गरिने छ ।
(झ) श्रोत परिचालन, राजश्व र कर प्रशासन नीति
 नगरपालिकाको आन्तरिक श्रोतको दिगो व्यवस्थापनका लागि राजश्व र सेवा शुल्कका दरहरूमा क्रमशः सुधार र दायरा फराकिलो बनाउँदै लगिने छ ।
 व्यवसाय कर, वहालकर जस्ता कर तिर्ने व्यक्तिगत करदाताको लगतलाई सफ्टवयरमा एकिकृत लगत तयार गरी एकैपटक कर असुली गर्ने व्यवस्थाको लागि कार्य प्रारम्भ गरिने छ ।
 मालपोत र भूमिकरको विकल्पमा वैज्ञानिक प्रणालीको एकिकृत सम्पतीकर सुरूवातका लागि आवश्यक तयारी गरिने छ ।
 नगरपालिकाको श्रोतको उच्चतम परिचालनका लागि साझेदारी अवधारणामा आन्तरिक श्रोत विस्तारका उपायहरुको खोजी गरी कार्यान्वयन गरिनेछ ।
 नगरपालिकालाई बुझाउने वार्षिक व्यवसायकर, वहालकर जस्ता करहरु चालु आर्थिक वर्षको असोज महिना भित्रै बुझाएमा ब्यवस्था गरिने छ ।
 असहाय, अपाङ्गता, आर्थिक सहायता, निःशुल्क औषधी उपचार तथा छात्रवृति जस्ता सिफारिसमा सिफारिस शुल्क नलिने नीति लिइने छ ।
 नगर क्षेत्र भित्र विज्ञापनका लागि राखिएका र राखिने होडिङबोर्ड, साईनबोर्ड आदि विज्ञापनका साधनहरुलाई नगरको सौन्दर्यतामा असर नपर्ने गरि उचित व्यवस्थापन गरि करको दायरामा ल्याउने र प्रत्येक वर्ष अध्यावधिक गर्दै लैजाने नीति लिईने छ ।
 नगरपालिका क्षेत्र भित्र हरियाली प्रवधर्नका लागी फ्लोरीकल्चर, नर्सरी व्यवसाय सञ्चालन गर्नेव्यवसायीलाई ३ वर्ष सम्म व्यवसाय दर्ता शुल्क मात्र लिने, व्यवसाय कर नलिने नीति लिइनेछ ।
 कर, शुल्क, दस्तुरका शिर्षकहरुमा नयाँ कर, शुल्क, दस्तुर लगाउनु परेमा आगामी नगरसभाबाट अनुमोदन हुने गरी नगरपालिकालेराजश्व परामर्श समितिको परामर्शमा दर तय गरी लगाउन सकिने छ ।
 वांकी वक्यौता असुली कार्यलाई प्राथमिकता दिई सकेसम्म वक्यौता रहित वनाउन कर दातालाई प्रत्येक वर्ष नियमित रुपमा कर बुझाउन प्रेरित गराउने, प्रोत्साहित गर्ने र यथोचित सम्मान गर्ने नीति अवलम्बन गरिने छ ।
 व्यवसाय करलाई व्यवस्थित गर्न र निजी क्षेत्रको सहभागितालाई प्रभावकारी गराउन नयाँ व्यवसाय दर्ता हुन आउँदा उधोग वाणिज्य संघको सिफारिस र नयाँ होटल व्यवसाय दर्ता हुन आउदा होटल व्यवसायी संघको सिफारिस अनुसार श्रेणी कायम गरी दर्ता गरिनेछ ।
 नगरपालिका क्षेत्र भित्र नगरपालिकाले तोकेको कर, दस्तुर तथा शुल्क वुझाउने करदाताहरु मध्ये निर्धारित समय भित्र सवैभन्दा वढी कर वुझाउने करदातालाई पुरस्कृत गरिनेछ ।
 नगरको वातावरणमा र जनस्वास्थ्यमा प्रतिकुल असर पारीरहेका नगरक्षेत्रमा प्रवेश गर्ने ढुवानीका भारी सवारी साधनहरुमा प्रदुषण शुल्क लगाई सो बाट संकलन हुने रकम नगरको वातावरण सुधारमा लगानी गर्नका लागि सम्बन्धित पक्षसंग छलफल गरी आवश्यक प्रक्रिया अवलम्बन गरिने छ ।
(ञ) लक्षित क्षेत्र कार्यक्रम
 गरिवी निवारण अन्तरगत नगरपालिकाबाट संचालन हुने क्षेत्रगत कार्यक्रमहरु (महिला, दलित, आदिवासी, जनजाती, बालवालिका तथा असक्त अपाङ्ग) प्रभावकारी र सामयिक तरिकाले संचालन गर्दै लगिने छ ।
 नगरमा लक्षित क्षेत्रसंग प्रत्यक्ष सरोकार राख्ने कार्यक्रम संचालन तथा निर्माण गर्दा सम्वन्धित सरोकारवालाहरूसंग उचित समन्वय गरिने छ ।
 जातिय छुवाछुत तथा लैंगिक विभेदकारी ब्यवहारलाई समुदाय परिचालन मार्फत निरुत्साहन गर्दै लगिने छ ।
 लक्षित वर्ग र समुदायका लागि निर्धारित कार्यक्रमलाई वढी प्रतिफलदायी, सीप र प्रविधि हस्तान्तरण हुने र सीमान्तकृत वर्गसम्म लाभ पुग्ने ढंगबाट कार्यान्वय गरिनेछ ।
(ट) नगरपालिकाको संस्थागत क्षमता विकास
 नगरलाई आवश्यक दमकल, डोजर, एक्साभेटर, रोलर, टिपर जस्ता उपकरणहरू विभिन्न विकास साझेदार दातृ निकायहरूबाट वस्तुगत अनुदान सहायताका माध्यमबाट प्राप्त गर्ने प्रयास गरिने छ ।
 नगरपालिकाको नगर पाश्र्व चित्र तथा गरिवी नक्शाङ्कन प्रतिवेदन तयार गरिने छ ।
 नगरपालिकाको व्यवस्थित विकासका लागि आवधिक नगर विकास योजनातर्जूमा गरिनेछ ।
 नगरपालिकाको क्षमता विकास योजना तयार गरी योजनाले निर्दिष्ट गरेका कार्यक्रमहरु सञ्चालन गर्न आवश्यक व्यवस्था गरिने छ ।
 नगरपालिकामा नगर सूचना केन्द्रको स्थापना गरि नगरपालिकाबाट सम्प्रेषण हुने सूचनाहरु सूचना केन्द्र मार्फत संप्रेषण गरिने व्यवस्था गरिनेछ ।
(ठ) सुशासन तथा पारदर्शिता
 नगरपालिकाले सम्पादन गर्ने हरेक कामकारवाहीमा पारदर्शिता अवलम्वन गरी नगरवासीको सुसूचित हुने अधिकारको सम्मान गर्दै प्रत्येक महिनाको आयव्ययको स्पष्ट विवरण सार्वजनिक गरिनेछ ।
 नगरपालिकाबाट प्रवाह हुने सेवा प्रवाह, सम्पन्न योजना तथा कार्यक्रमका सम्वन्धमा नगरपालिकामा सार्वजनिक सुनुवाई तथा सामाजिक परीक्षण कार्यक्रम आयोजना गरिनेछ ।
 सूचना व्यवस्थापन र पारदर्शिताका लागि नगरपालिकाकोवेभ साइट मार्फत नगरपालिकाका आधारभूत सूचनाहरु सार्वजनिक गरिनेछ ।
(ड) विपत् व्यवस्थापन तथा भु–संरक्षण
 प्रकोपबाट नगरवासीको सुरक्षाको लागि समयमा प्रकोप सुचना प्रवाह तथा प्रकोप क्षेत्रमा समयमै उद्धार तथा राहत कार्यक्रम सञ्चालन गरिनेछ । साथै सचेतनामुलक कार्यक्रमहरु सञ्चालन गरिनेछ । नगरको विपद पुर्व तयारी तथा प्रतिकार्य योजना तयारी तथा कार्यान्वयको लागि नगरपालिका र साझेदार निकाय संगको सहकार्यमा यसैवर्षबाट सुरु गरिनेछ ।
 विपद व्यवस्थापन नगर समितिलाई आवश्यक तालिमको व्यवस्थापन सहित क्रियाशिल बनाइनेछ ।
 भुकम्प पछिको पुनः निर्माणको लागि निजिघर निर्माणमा सहजीकरणका लागि अनुशिक्षण कार्यक्रम संचालन गरिनेछ ।
 डुबान, कटान तथा भु–क्षय नियन्त्रण तथा वस्ती बचाउ गर्न जिल्ला तथा केन्द्रमा पहल गरिनेछ ।
 २०७२ को विनासकारी भूकम्पपछिको पुनःनिर्माणलाई सघाउनवडास्तरीय सामुदायिक पुनःनिर्माणसमिति गठन गरी पुनःनिर्माणकार्यलाई थप तिब्रता दिइनेछ ।
(ढ) व्यापार र पर्यटन
 नगरको मुख्य व्यापारिक केन्द्र एवं जन गणतन्त्र चीनको स्वशासित क्षेत्र तिब्बतको सीमामा रहेको बजारक्षेत्र, सडक र वस्तीको छिटो भन्दा छिटो पुनःस्थापना र नाका सञ्चालनको प्रयत्न गरिनेछ ।
 “बाह्रविसेको आधार व्यापार पर्यटन र पुर्वाधार” भन्ने मुल नारालाई सार्थकता दिन पर्यटन क्षेत्रको विकासको लागि पर्यटन गुरुयोजनाको निर्माण गरि सोहि अनुसार कार्य अघि बढाइनेछ ।
 नगरका उपयुक्त स्थानहरूमा सार्वजनिक पार्क, वाल उद्यान, भ्यू टावर जस्ता पर्यटकीय पूर्वाधारहरूको विकास सार्वजनिक-निजी साझेदारी मोडेलमा गरिने छ ।

(ण) जनसहभागिता
 सवै योजना तथा कार्यक्रमहरुमा नागरिकहरूको अपनत्व बढाउन सरोकारवाला र लाभग्राहीको उच्चतम लागत सहभागिता र जनसहभागिता प्रवर्ध्दन गर्ने कार्य गरिनेछ ।

आर्थिक वर्ष: